साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई लेखक ओमशंकर श्रेष्ठकृत उपन्यास ‘सम्बन्ध’ प्राप्त भएकाे छ ।
३ सय २ पृष्ठमा आबद्ध उपन्यासलाई उनन्सत्तरीयौँ भागमा विभाजित गरिएको छ ।
भूमिकामा कपिल काफ्ले लेख्छन्, “‘सम्बन्ध’ उपन्यास नयाँ र पुरानो मिडियामा अभ्यस्त पाठकहरूप्रति लक्षित छु । सबै खाले पाठकले यसको माया पाउने पर्याप्त आधार देखिन्छ । मूल पात्र रमेश र उसकी प्रेमी रुचिमा घुमेको यस उपन्यासको विषयवस्तु मूलतः सामाजिक हो, तर बौद्ध धर्मको शान्ति र सम्यक् चरित्रलाई पनि यसले उच्च सम्मान दिएको छ । जीवनमा महाभूकम्पदेखि दैविक तथा मानवीय प्रताडनाको शिकार भएको उपन्यासको नायक रमेश वास्तवमा नेपाली समाजको आम नागरिकको प्रतिनिधि हो । आर्थिक रूपले सामान्यतः मध्यम वर्गको प्रतिनिधित्व गर्ने यो पात्र कहिले धनाढ्य पनि देखिन्छ भने कहिले निर्धन पनि बन्न पुग्छ । गोजीमा दाम हुँदा शहरका पाँचतारे होटेलमा पुगेर मस्ती गर्ने यस पात्रलाई कुनै समय संसारमै विरक्ति जाग्छ र बौद्ध धर्मअनुसार गेरु वस्त्र धारणा गरेर भिक्षुको जीवन स्वीकार गर्न पुग्छ । तर जीवनभर ‘रोलर कोस्टर’को नियति भोगेको रमेश किन त्यहाँ अडिन्थ्यो ।”
भूमिकामा कुमार रञ्जित लेख्छन्, “प्रस्तुत उपन्यास प्रेम सम्बन्धलाई व्यक्तिको चाहना र आवश्यकता अनुरूप परिभाषित गर्न खोजेको स्वाभाविक नै मान्न सकिन्छ । तर बौद्ध धर्ममा रहेको कथित गृहत्याग परम्परालाई पनि पटक-पटक त्याग्नु र अँगाल्नु पुनः त्याग्नु गराएर पात्रहरूलाई जसरी अस्थिर रूपमा चित्रण गरिएको छ, त्यसले धर्म परम्पराभन्दा घर-परिवार र आत्मीयजनको साथ सही हो भन्ने सन्देश पक्ष बिलकुल नौलो प्रयोग मान्न सकिन्छ ।”
पुस्तकलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।