साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई लेखक कमल रिजलको “रत्न नीतिकथा सँगालो” प्राप्त भएको छ ।

पुस्तकलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हाे ।

९८ पृष्ठमा फैलिएको यस पुस्तकमा ‘सफलताको स्रोत’, ‘कर्मको फल’, ‘चन्द्रमाको दुःख’, ‘अल्छी भ्यागुतो’, ‘बुद्धिमान कमिलो’ लगायत अन्य १५ वटा नीतिकथा सङ्ग्रहित छन् । विशेष गरी कथाहरू रामायण र महाभारतादि ग्रन्थहरूबाट लिइएका छन् । केही स्वतन्त्र कथाहरू छन् भने केही विदेशी कथा पनि सन्दर्भ स्रोतमा रहेका छन् । यसले पनि कथानक रोचक बनेको छ । आफ्नै मौलिक चिन्तन र शैलीअनुसार लेखिएका सरल यस कथाहरू बालबालिकको लागि  पठनीय छ ।

“भाइबहिनीका यिनै अभिरुचिले गर्दा चौथो भाग प्रकाशनतिर लागिएको हो ।” कमल रिजाल लेख्छन्, “बालबालिका भनेका मुलुकका भविष्य हुन् । जति बढी उनीहरूको नैतिक धरातल बलियो पार्न सकियो भोलिको समाज त्यति नै समुन्नत हुने हो । यिनै मान्यताका साथ पुर्खाले उनीहरूलाई नैतिक शिक्षा दिने गरेका थिए । यसैका कारण तत्कालीन समाज अपेक्षाकृत बढी नै अनुशासित हुने गरेको थियो । त्यसैले बालबालिकको नैतिक धरातललाई थप बलियो पार्दै जाने उद्देश्यले नीतिकथा लेखनमा लागेको हुँ ।”