युवा वर्ष मोती पुरस्कारका लागि साहित्यकारहरुमा आवेदन आव्हान गरिएको छ । राष्ट्रिय युवा सेवा कोषले एक प्रेस विज्ञप्ति जारी गर्दै आवेदन आव्हान गरेको हो ।
‘यस कोषद्वारा प्रत्येक वर्ष प्रदान गरिँदै आएको युवा वर्ष मोती पुरस्कारका लागि १६ वर्ष पूरा भई चैत मसान्तसम्ममा ४० वर्ष ननाघेका इच्छुक युवा साहित्यकारहरुबाट आवेदन आव्हान गरिन्छ ।’, विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस्ता व्यक्तिहरुको थाहा पाएसम्मका योगदानका विवरणहरु पठाई सहयोग गर्न नेपाली भाषा र साहित्यसँग सम्बन्धित सङ्घसंस्थाहरुसँग पनि अनुरोध गरिन्छ ।’
आवेदन दिने अन्तिम मिति २०८० साल, साउन ३२ गते साँझको ५ बजेसम्म रहेको छ ।




साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२५ कार्तिक २०८२, मंगलवार 








