मनोहरा साहित्य समाजले कविता शृङ्खला सम्पन्न गरेको छ । समाजले मासिक रूपमा सञ्चालन गर्दै आएको कविता शृङ्खला सम्पन्न गरेको हो ।

काठमाडौंमा सम्पन्न ७९ औँ कविता गोष्ठीमा काजी रोशनले समाजले कविहरूलाई मञ्च दिएको बताए ।

कार्यक्रममा डिल्लीराज अर्याल, घनश्याम प्रसाईं, दीनानाथ पोखरेल, विमल अर्याल, शारदा पराजुली, नूरदेव खनाल, मेनका पोखरेल, विद्या अनामिका, भुवन शिवाकोटी चौघरे, सम्पत् काफ्ले, रत्ननिधि रेग्मी शुक्राचार्य, सुमन पुडासैनी, डा. टीपी बराकोटी, परशुराम पराशर, कविराज घिमिरे, आरसी रिजाल, बुद्धिसागर पौड्याल, पार्वती भट्टलगायत कविहरूले कविता वाचन गरेका थिए ।