हेटौंडा,

मकवानपुर साहित्य सङ्गमको ३३३ औं साहित्य सन्ध्या एवम् सङ्गमकी पूर्व उपाध्यक्ष तथा आँचल साहित्य कला पुञ्जकी संस्थापक अप्सरा तिम्सिना लम्सालको स्मृति विशेष कार्यक्रम सम्पन्न भयो ।

साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षयता र निर्मोही व्यासको प्रमुख आतिथ्ययतामा आयोजित उक्त कार्यक्रममा विशिष्ट अतिथि मकवानपुर सर्जक संजालका संयोजक निमेष निखिलले स्व.अप्सराको योगदानको चर्चा गर्दै स्मरण गर्नु भयो । कार्यक्रम सङ्गमका सचिव डिबी बर्तौलाले सहजीकरण गर्नुभ‌एको थियो भने उपाध्यक्ष सानु खनालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा हेटौँडाका बाल सर्जक अनुसुया खनालका साथै अनिल कोइराला, वैकुण्ठ लामिछाने, आँचल साहित्य कला पुञ्जकी सचिव सबिता तिमल्सिना, कवि यश लामा, नेपाली लेखक सङ्घ मकवानपुरका अध्यक्ष छवि अनित्य, नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य हयग्रीव आचार्य, सर्जक रमेश अधिकारी, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, अविरल साहित्य समाज काभ्रेका अध्यक्ष टिका अविरल, गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण, कवि सुवास खनाल, किशन पौडेल, पुरुषोत्तम आचार्य, शम्भुजित बासकोटा, देवराज खरेल, जनार्दन खनाललगायत सर्जकहरूले रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यसेवी मुक्तिगोविन्द वैद्यको समेत उपस्थिति रहेको थियो ।