विद्यार्थी नेता विमल पोखरेल ‘धरतीको इन्द्रेणी’ सार्वजनिक भएको छ । लेखक तथा अधिवक्ता पोखरेलको नियात्रासंग्रह ‘धरतीको इन्द्रेणी’ नेपाल बार एशोसिशनमा आयोजित एक कार्यक्रमबिच सार्वजनिक गरिएको हो।
अनेरास्ववियु छैटौँका पूर्व अध्यक्षसमेत रहेका पोखरेलले पुस्तकमा आफ्नो राजनीतिक यात्राको क्रममा देखेका र भोगेका विषयवस्तुलाई समेटेका छन्।
पुस्तकमा नेपालका पूर्वदेखि पश्चिम, हिमालदेखि तराईसम्म र भारतका केही स्थानका भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक र ऐतिहासिक विषयलाई समेटिएको पोखरेलले बताए।
पुस्तकमा २३ वटा निबन्ध तथा नियात्रा समावेश छन् । पोखरेलको यो पाँचौँ पुस्तक हो। उनका यसअघि शिक्षाको राजनीतिक स्वरूप, ज्ञानको पाइला, नेपालको पूर्वीय दर्शनको शासन र नेपालको विद्यार्थी आन्दोलन: अखिल छैटौँको इतिहास प्रकाशित छन् ।
पुस्तक सार्वजनिक समारोहमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेल, प्रज्ञा सदस्य डा. कौशिला रिसाल तथा पत्रकार अरुण बरालले पुस्तकबारे टिप्पणी गरे ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला