पन्त स्मृति प्रतिष्ठानले उपन्यासकार जानुका खतिवडाको उपन्यास ‘आतोओडा’लाई ‘रामराज पन्त स्मृति पुरस्कार- २०७’ प्रदान गर्ने निर्णय गरेको छ । वि.सं २०५८ सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको यो पुरस्कार सर्वप्रथम सुस्मिता नेपालले प्राप्त गरेकी थिइन् ।
यो पुरस्कार सुस्मिता नेपालका साथै श्रेष्ठ प्रिया पत्थर, विन्ध्या सुब्बा, सुशीलचन्द्र श्रेष्ठ, कृष्ण धरावासी, नयनराज पाण्डे, पीताम्बरा उपाध्याय ‘पीयूष’, मुलीवीर राई, चन्द्रकान्त आचार्य, गोविन्दराज भट्टराई, कृष्णराज खनाल, भुननारायण जोशी, किरण रिमाल, बुद्धिसागर, अमर न्यौपाने, उमा सुवेदी, अनिता शर्मा काफ्ले, भुवनहरि सिग्देल, कल्पना श्रेष्ठ र मीरा गोतामेले पाइसकेका छन् ।
पुरस्कारको राशि सुरुमा १० हजार रूपियाँ रहेकोमा वि.सं २०७३ देखि २५ हजार रूपियाँ बनाइएको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला