एनआरएनए जापानको एघारौँ राष्ट्रिय महाधिवेशनको अवसरमा जापानमा क्रियाशील संस्थाहरूमध्ये ‘सर्वप्रिय नेतृत्व उत्कृष्ट संस्था -२०२३ बाट’ अनेसास जापानका अध्यक्ष रविन शर्मालाई सम्मान गरिएको छ।

‘जापानमा रहेर निरन्तर रूपमा नेपाली भाषा, साहित्य तथा विभिन्न सामाजिक अभियानहरूमा क्रियाशील रही योगदान पुर्याइरहनुभएकामा यहाँको क्रियाशीलताको उच्च कदर गर्दछौँ, सम्मान पत्रमा भनिएको छ।’

एनआरएनए जापानका अध्यक्ष शीवप्रसाद पौडेलको सभापतित्व तथा जापानका लागि नेपाली राजदूत महामहिम दूर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रदेश सांसदहरू माननीय द्रोण कुवँर, माननीय रूपा बिक पोख्रेल,आइसिसि उपाध्यक्ष महेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।