टोरण्टोमा क्रियाशील साहित्यिक संस्था नेपाली साहित्य समाज क्यानाडाको आयोजनामा ‘सुश्री पारिजात’माथि परिचर्चा हुने भएको छ । साहित्यकार गोविन्द गिरी प्रेरणा लिखित “सुश्री पारिजात” पुस्तकको परिचर्चा १२ अगस्त शनिवारका दिन हुने भएको हो ।
समाजले जारी गरेको विज्ञप्तिअनुसार टोरण्टोको स्कारवोरोमा सुश्री पारिजात परिचर्चा तथा कवि गोष्ठी कार्यक्रम हुँदैछ । सो कार्यक्रमका लागि साहित्यकार गोविन्द गिरी प्रेरणा अमेरिकाको वाशिंटन डिसीबाट टोरण्टो जाने भएका छन् ।
वि.सं २०७९ सालको मङ्सिरमा विमोचन भएयता नेपालका विभिन्न शहरहरूका साथै अमेरिकामा पनि परिचर्चा कार्यक्रम भएका छन् । यसैको निरन्तरतामा टोरण्टोमा परिचर्चा कार्यक्रम हुन लागेको हो ।
यसअघि विभिन्न लेखकहरूले पारिजातको जीवनी लेखेर प्रकाशित गरे तापनि “सुश्री पारिजात” विस्तृत रूपमा लेखिएकोले चर्चा र चासोको विषय बनेको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।