पुतलीबजार प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा विश्वप्रेम अधिकारी मनोनयन हुनुभएको छ । पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले पुतलीबजार प्रज्ञा प्रतिष्ठान ऐन, २०८० को दफा ४ उपदफा १ (ख) बमोजिम अधिकारीलाई उपकुलपतिमा मनोनयन गर्नुभएको हो ।
त्यसैगरी पुतलीबजार प्रज्ञा प्रतिष्ठान ऐन, २०८० को दफा ४ उपदफा १ (ङ) बमोजिम चौध जनालाई प्रतिष्ठानको सदस्यमा मनोनयन गर्नुभएको छ ।
सदस्यहरुमा लोकराज शर्मा, सुर्यप्रसाद कोइराला, प्रा.डा. दिपेन्द्र पराजुली, डा. विश्वबन्ध पोखरेल, राजेन्द्र श्रेष्ठ, भवानी अधिकारी, अशोक गुरुङ, चिन्तु गिरी, सुनिता पौडेल, मञ्जु थापा, सम्झना थापा, राम बहादुर परियार, गुरुप्रसाद ढकाल र तारा पौडेल श्रेष्ठ रहनुभएको छ ।
पुतलीबजार नगरपालिकाको भाषा, साहित्य, संस्कृति एवं ललितकलाको संरक्षण, संवर्धन र विकासका लागि पुतलीबजार नगरपालिकाले प्रज्ञा प्रतिष्ठान गठन गरेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।