साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई कवि तारादेवी सुनुवारको पाँचौँ कृति ‘सम्झनाका फूलहरू’ प्राप्त भएकाे छ ।
१ सय १० पृष्ठमा मौलाएको यस पुस्तकमा १ सय वटा गजल सङ्ग्रहित छन् । प्रेम, कौतुहलता, पीडा आदि विषयलाई कलात्मक ढङ्गले पस्किएका गजलहरू सरल भएरै सुन्दर छन् ।
“तारा बहिनीको गजल लेखन प्रथम प्रयास यस सङ्ग्रहमा समेटिएका गजलहरू सरसरती हेर्दा केही गजलमा प्रर्णअनुप्रास (काफिया)को प्रयोग देखिन्छ भने अधिकांश गजलका सेरहरू प्रायः एकाक्षरी वा शब्दांश अन्त्यानुप्रास(काफिया)को प्रयोग भएको देखिन्छ । केही गजलहरूमा सहायक अन्त्यानुप्रास(हमकाफिया)को समेत प्रयोग भएको पाइन्छ ।” भूमिकामा अतीत मुखिया लेख्छन्, “यहाँ ‘चुँडेर’ र ‘लुछेर’ शब्दको ‘एर’ शब्दांश अनुप्रासमा ‘किन टुक्रायौ मेरो यौवनलाई’ सहायक अन्त्यानुप्रास (हमकाफिया)ले गजल सजाइएको देखिन्छ । यसरी नै मन लागेको छ, नाम थियो, घायल छु, दिन हजुरलाई जस्ता हमकाफिया भएका गजलहरू देखिन्छन् । तर केही गजलहरूमा भने मूल अनुप्रासको गडबडी पनि भएको पाइन्छ ।…अतः बहिनीले गजल विधामा साहित्यिक यात्रा प्रारम्भ गर्नु भएको शुभ साइतले स्वच्छ, सुन्दर र चुलिन्दा गन्तव्य पाओस् ।”
इन्द्रमणि अधिकारीद्वारा प्रकाशित पुस्तकको मूल्य १ सय ३५ रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।