रोजगारीको सिलसिलामा यतिबेला दक्षिण कोरियामा रहँदै आउनुभएका कवि अजित क्षेत्री उत्सवलाई मातृशोक परेको छ ।

स्याङ्जा निवासी कवि क्षेत्रीकी ममतामयी माता अम्बिका क्षेत्रीको ७४ वर्षको उमेरमा बिहीबार साँझ निधन भएको हो । पोखरा स्थित निजी निवासमा उहाँको निधन भएको कवि अजितले जानकारी गराउनु भयो ।

माता अम्बिकाको वि.सं. २००६ साल असोजमा पर्वतको बिहादी रानीपानीमा जन्म भएको थियो । कवि क्षेत्रीका पिता भिमबहादुर क्षेत्रीको पनि दुई वर्ष अघि असोजमा निधन भएको थियो । कवि अजित काइंँलो सन्तान हुनुहुन्छ ।

रोजगारीको सिलसिलामा एक दशकभन्दा लामो समय युएईमा रहनु भएका कवि अजित पछिल्लो केही समयदेखि दक्षिण कोरियामा हुनुहुन्छ । २०७८ सालमा उहाँको पहिलो कविता सङ्ग्रह “आकाशगङ्गाको किनार” प्रकाशित छ ।

माता अम्बिकाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामना गर्दछौँ । साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।