जगदम्बा नेपाली साहित्यको बृहत् इतिहासको चौथो ठेलीको प्रकाशन भएको छ । नेपाली पद्य र बालसाहित्य समेटेर चौथो ठेली प्रकाशनमा आएको हो ।

डा. माधवप्रसाद पोखरेलको प्रधान सम्पादकत्वमा यस ठेली ५ लेखकले तयार गरेका हुन् । पुस्तकमा नेपाली आधुनिक गीतको इतिहास डा. वेनी जङ्गम रावल, नेपाली खण्डकाव्यको इतिहास डा. देवी नेपाल, आधुनिक नेपाली कविताको इतिहास डा. लक्ष्मण प्रसाद गौतम, नेपाली महाकाव्यको इतिहास डा. कृष्णराज अधिकारी र नेपाली बालसाहित्यको इतिहास प्रमोद प्रधानले लेखेका छन् ।

५ ठेलीमा प्रकाशित हुने यो बृहत् इतिहासको पाँचौँ ठेलीको पनि काम भइरहेको छ । पाँचौँ ठेली प्रकाशन भएपछि यो योजना पूर्ण हुनेछ ।

नेपाली वाङ्मयकै ईतिहासमा यति बृहत् नेपाली साहित्यको ईतिहास यसअघि लेखिएको थिएन ।

यस ठेलीका परिकल्पनाकार स्व. कमलमणि दीक्षित हुन् । यो ग्रन्थ करिब १२०० पृष्ठको रहेको छ ।