मातृभाषा संरक्षण समूह अमेरिकाले “बृहत् कवितासङ्ग्रह” प्रकाशन गरेको छ । भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रमका बिच उक्त कवितासङ्ग्रहको विमोचन गरिएको हो ।
यस कृतिमा १४४ जाना कविका ३- ३ वटा कविता छन् । यस कृतिलाई २ खण्डमा बाडिएको छ । ७६ जाना कवि कविता पद्यमा छन् भने ६८ जाना कविले गद्यमा कविता रचना गरेका छन् । ४३२ वटा कविता संग्रहित छन् ।
५९३ पाना रहेको यस बृहत कवितासंग्रहलाई मातृभाषा संरक्षण समूह अमेरिकाले प्रकाशन गरेको हो ।
कृतिको सम्पादन वासुदेव कोइरालाले गरेका हुन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला