साहित्यकार वियोगी बुढाथोकीको नियात्रा कृति ‘काठमाडौंलाई महासागरको पानी’ सार्वजनिक भएको छ । ‘शिवपुरी सन्देश’ साहित्यिक पत्रिकाका प्रधानसम्पादक वियोगीको सो नियात्रा कृतिको लोकार्पण शिवपुरी सन्देशको शताङ्कसँगै गरिएको हो ।
काठमाडौंमा आयोजित कार्यक्रमका बिच नेपाली कांग्रेसका नेता प्रदीप पौडेललगायतले दुवै पुस्तक सार्वजनिक गरेका हुन् ।
प्रमुख अतिथि पौडेलले साहित्यले पाठकलाई धेरै कुरा सिकाउने गरेको र आफूले पनि कतिपय कुरा साहित्यको अध्ययनबाट सिकेको बताए ।
शिवपुरी सन्देशको १०० औँ अङ्क (नियात्रा विशेषाङ्क) को समीक्षा गर्दै युवराज मैनालीले शिवपुरी सन्देशका नियात्राहरूले धेरै ठाउँको भ्रमण गराउने बताए ।
बुढाथोकीको कृति ‘काठमाडौंलाई महासागरको पानी’को समीक्षात्मक टिप्पणी भने अनुपमा रेग्मीले गरिन् ।
कार्यक्रममा वियोगी बुढाथोकी, शङ्कर भारती, विष्णुबहादुर सिंहलगायतले बोलेको थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ मंसिर २०८२, बुधबार 










