विश्वराज अधिकारी र खेमराज पोखरेलको संयुक्त कथाकृति ‘रनाहा’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि कथाकार माया ठकुरीलगायतले कृति सार्वजनिक गरेका हुन् ।
लामो समयदेखि अमेरिकामा बस्दै आएका साहित्यकारद्वय अधिकारी र पोखरेल नेपाल आएको अवसर पारी सो यौनकथा कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रममा बोल्दै ठकुरीले आफू प्रज्ञा प्रतिष्ठानमा हुँदा यौनकथा बारेको अनुसन्धानात्मक कृतिमाथि काम भएको बताइन् । विदेशमा बसेर पनि नेपाली साहित्यमा सक्रिय दुवै स्रष्टाको उनले प्रशंसा गरिन् ।
कार्यक्रममा सार्वजनिक कथाकृतिमाथि डा. दीनबन्धु शर्मा र मन्दिरा मधुश्रीले समीक्षात्मक टिप्पणी गरे । यस संयुक्त कथाकृतिमा दुवै कथाकारका आठ–आठ यौनकथा समावेश छ ।
मोलुङ फाउण्डेसनद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा कथाकारद्वय अधिकारी र पोखरेलसहित प्रा.डा. भूपप्रसाद धमला, राधेश्याम लेकाली, श्रीओम रोदनले बोलेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।