नेपालबाट टाढा रहेका म्यान्माली नेपालीहरूले पनि भानुजयन्ती मनाएका छन् । म्यान्मारका विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरूले आआफ्नो शाखामार्फत २ सय १० औँ भानुजयन्ती मनाएका हुन् ।

ज्ञानबहादुर बगाले थापा

यही अवसरमा अखिल म्यान्मा देशीय गोर्खा हिन्दु धार्मिक संघ, याँगाैले पनि भानु जयन्ती मनाएको छ । म्यान्माबाट प्राप्त समाचारअनुसार उक्त कार्यक्रममा भानुलाई सम्झँदै कविता वाचन गरियो भने दुई वरिष्ठ साहित्यकारहरूलाई सम्मानित पनि गरिएको थियो ।

समाचारअनुसार साहित्यकार द्वय लक्ष्मण न्यौपाने(रामानुज) र ज्ञानबहादुर बगाले थापा  सम्मानित भएका छन् । मान्मामा नेपाली भाषा र साहित्यलाई जीवित राख्न न्यौपाने र थापाले गरेको अविराम सेवालाई ध्यानमा राखेर कृषु प्रज्ञाप्रतिष्ठानले उक्त सम्मान गरेकाे हो । थापा र न्यौपानेलाई सम्मान पत्रका साथमा एकलाख च्याट प्रदान गरिएको थियो ।

नगद र सम्मान पत्र प्रदान गर्दै म्यान्मारका नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्माका नेपालीहरूले नेपाली भाषा र साहित्यलाई माया गरेको देख्दा आफू खुसी भएको बताउनु भयो ।

लक्ष्मण न्यौपाने

उक्त अवसरमा अखिल म्यान्मा देशीय गाेर्खा हिन्दु धार्मिक सङ्घका अध्यक्ष सागर घिमिरे,  संरक्षक मणिलाल पाैडेल साथै केन्द्रीय पदाधिकारीहरू, यान्गाैं शाखाका कार्यवाहक अध्यक्ष गाराम पाैडेलज्यू र शाखा समिति, विश्व नेपाली साहित्य महा सङ्घ म्यान्मार थाइल्यान्ड समन्वय शाखाका अध्यक्ष माेहनराज खनाल, रामजानकी मन्दिर समिति, युवाविभाग,यान्गाै शाखा महिला विभाग प्रमुख पार्वती बञ्जाडे साथमा महिला समिति,संस्कृत स्नातक सङ्घ,प्रान्तीय सङ्घका पदाधिकारी हरू, कवि श्री टेकनारायण काैशिक, साहित्यकार विष्णु पन्थी ,  कृसु प्रज्ञाप्रतिष्ठानका प्रतिनिधिहरू,  यज्ञनाथ शास्री पुस्तकालयका प्रतिनिधिहरू, नेपाली प्रज्ञा दुवसु साहित्य संस्थानका प्रतिनिधिहरू, नेपाली कल्चरका प्रतिनिधिहरू र अन्य महानुभाव अतिथिहरू उपस्थित हुनुहुन्थ्यो ।