गैरआवसीय नेपाली संघ भाषा ,साहित्य, संस्कृति तथा सम्पदा प्रवर्धन समितिद्वारा संचालित अनलाइन कार्यक्रम ” प्रवासी प्रवाह” एघारौ शृंखला सम्पन्न भएकाे छ । उक्त श्रृंखलामा गीत र सङ्गीतलाइ केन्द्रमा राखिएकाे थियाे । कार्यक्रम साउन ११ गते तदानुसार जुलाई २६ तारिक बेलुका ८ बजे सम्पन्न भएको थियाे ।

विश्वमा छरिएर रहेका सम्पूर्ण नेपाली भाषीहरूलाई प्रवासी प्रवाह कार्यक्रममा सहभागी गराएर उनीहरूका सिर्जनाका प्रवाहहरूलाई प्रवाहित गर्न यस कार्यक्रमको उदेश्य रहेको छ ।

गैरआवासीय नेपाली संघ – भाषा,साहित्य ,संस्कृति तथा सम्पदा समितिको अनलाइन साहित्यिक कार्यक्रम “प्रवासी प्रवाह”को एघारौ शृङ्खलामा नेपालबाट वरिष्ठ कवि तथा गीतकार डा. कृष्णहरि बराल, बेलायतबाट चर्चित गायिका शर्मिला बर्देवा, अमेरिकाबाट लोकप्रिय गायक तथा सङ्गीतकार नरेन्द्र प्यासी, जापानबाट कवि तथा लेखक बेलुकाजी थापा, कतारबाट गजलकार,कवि दीप मिलनको उपस्थिति थियो ।

“गीत लेखन पहिले लेख्दैआएको भन्दा फरक लेखिनु पर्छ । गीत कविता विधाको एउटा हाँगो हो ! उपन्यास-कथा एक्लै पढिने हुनाले अश्लिल हुँदा पनि ठिक मानिन्छ, तर गीत सबैको सामु सुनिने हुनाले यसको रचना गर्दा सचेत हुनु पर्छ ! गीतलाई हाम्रो परम्परा संस्कृति र संस्कार अनुसार सेन्सर गरिनु पर्छ ! उछ्शृंखल र सामाजिक बन्धनलाई नाघेको हुनुहुँदैन ।”  कार्यक्रममा अतिथि साहित्यकार डा. कृष्णहरि बरालले भन्नुभयाे । साथै उहाँले आफ्ना केही गजल पनि सुनाउनु भयो ।

त्यस्तैगरी अमेरिकामा बसेर पनि नेपाली गीत-सङ्गीतलार्इ माया गरिरहनुभएका लोकप्रिय गायक तथा सङ्गीतकार नरेन्द्र प्यासीले गीत-सङ्गीतको कुनै सिमा नहुने मत राख्नुभयाे । उहाँले भन्नुभयाे- “म जहाँ रहे पनि नेपाली गीत-सङ्गीतलाई माया गर्छु भने ।” उहाँले आफ्ना नयाँ पुराना गीतहरू हार्मोनियम बजाएर लाइभ सुनाउनुभयाे ।

त्यस्तै बेलायतमा रहेर पनि आफ्नो गीत-संगीतप्रतिको लगावलाई निरन्तरता दिनुभएको गायिका शर्मिला बर्देवाले ट्रयाकमा कृष्णहरि बरालले लेखेको गीतका साथै अन्य गीत सुनाउनुभयो । त्यसैगरी कतारमा रहेर गजल, छन्द कविता लेखिरहेका कवि दिप मिलनले आफ्ना केही छन्द कविता र गजल सुनाउनुभएकाे थियाे ।

कार्यक्रम भगवती बस्नेत र नृपेश उप्रेतिले संचालन गरेका थिए ।

प्रवासी प्रवाह अनलाइन कार्यकम विभिन्न देशका गतिविधि र साहित्य सिर्जना सुन्नको लागि एन आर एनको भाषा साहित्य तथा सम्पदा प्रवर्धन समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाह सुन्न हेर्न नभुल्नु होला । यस शृंखलालार्इ तलकाे लिंकमा गएर पनि सुन्न तथा हेर्न सक्नुहुनेछ ।

https://www.facebook.com/watch/live/?v=748909199220510&ref=watch_permalink