सिर्जनाशील लेखन समाजका अध्यक्ष, वरिष्ठ स्रष्टा तथा प्रा.डा. राजनप्रसाद पोखरेलद्वारा रचित उपन्यास “अटोग्राफ”को प्रकाशन पूर्व भक्तपुरको बालकोटस्थित पानीटयाङकीमा एक अन्तरक्रियाको आयोजना गरियो । पोखरेलले यसबाट प्राप्त सुझावलाई मनन् गर्ने बताउँदै आफूले अटोग्राफ एउटा लामो समयको अनुभव र प्रयत्न भएको, र यसको नाम आफूले “समयको अटोग्राफ” राख्न लागेको बताउनुभयो ।
यस अवसरमा नेपाल प्रज्ञा -प्रतिष्ठानका सदस्य सचिव तथा समालोचक डा. धनप्रसाद सुवेदीले उपन्यासको नयाँ आयाम र सिर्जनशीलताबारे दृष्टिकोण प्रस्तुत गर्नुभयो ।
यस्तै, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा समालोचक डा. कृष्णराज अधिकारीले प्रकाशन पूर्व अटोग्राफ उपन्यासको आख्यानात्मक पक्ष,कथानक, अन्तरवस्तु र लेखनशैलीको सबल र निर्बल पक्षलाई ओैँल्याउनुभयो ।
यसैगरी भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले समाजको बोधका विषयमा उपन्यासले बोल्न सक्नुपर्ने बताउनुभयो ।
यसैक्रममा अटोग्राफमाथि नेपाल प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य अगिव बनेपालीले नयाँ शैली अपनायता पनि जनहितको विपरीत हुन नहुने विचार व्यक्त गर्नुभयो ।साथै, प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य द्वय बाबा बस्नेत र हंसावती कुर्मी भने अन्तरक्रियामा सहभागी हुन आएपनि आकस्मिक कार्य सम्पादनका कारण फर्किनुपर्यो ।
नेपाल प्रज्ञा-प्रतिष्ठान प्राज्ञ सभा सदस्यद्वय चेतनाथ धमला र उपप्राध्यापक डा. बालाकृष्ण अधिकारीले उपन्यासमा समाज र विचारको प्रतिबिम्बनबारे धारणा राख्नुभयो ।
यस अन्तरक्रियामा स्रष्टा-द्रष्टाहरू प्राध्यापक भरत पराजुली , उपप्राध्यापक शारदा लामिछाने ,उपप्राध्यापक डा.यादेवी ढकाल, नेपाल सरकारका उपसचिव सुमा श्रेष्ठ, सिर्जनशील लेखन समाजका उपाध्यक्ष शान्ति सापकोटा ,समाजका सदस्य तथा उपप्राध्यापक डा.जीवन श्रेष्ठ ,समाजका सदस्य तथा उपप्राध्यापक डा. तिलक केसी तथा कथाकार मन्दिरा मधुश्री लगायतले प्रकाशोन्मूख अटोग्राफबारे आ-आफ्नो सुझाव तथा धारणा प्रस्तुत गर्नुभयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।