सिद्धिश्वोरमान अक्षलोक साहित्यिक केन्द्रले नेपाली तथा नेपाल भाषाको साहित्यमा विषेश योगदान पु¥याएका साथै सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेका २३ जना व्यक्तित्व र दुई संस्थालाई सम्मान गरेको छ । श्रावण ६ गते राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा “अक्षलोक साहित्यिक पत्रिका” को ६५औ अंक तथा डा. सावित्री श्रेष्ठ “शिसा” र स्वर्णिमा श्रेष्ठको संयुक्त कवितासंग्रह “असाधारण” को बिमोचन पनि गरिएको थियो ।
वरिष्ट साहित्यकार मोती लक्ष्मी शाक्यको प्रमुख आतिथ्य र सिद्धिश्वोरमान अक्षलोक साहित्यिक केन्द्रका अध्यक्ष स्वजन स्वराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति निशा शर्मा र काठमाडौँ महानगरपालिकाको उपमेयर सुनिता डंगोल विशिष्ट अतिथीको रूपमा उपस्थित रहनुभएको थियो ।
सिद्धिश्वोरमान अक्षलोक साहित्यिक केन्द्रले नगद रू १०,००० सहितको “सिद्धिश्वोरमान सूर्यतुलसी आजीवन साहित्य साधना पुरस्कार” बाल साहित्यकार शान्तदास मानन्धरलाई प्रदान गरेको छ ।
यसैगरी, नगद रू १०,००० सहितको “सिद्धिश्वरमान महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार” प्रा.डा. शिवराज अधिकारीलाई प्रदान गरिएको छ । नगद रू १०,००० सहितको “सिद्धिश्वरमान चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार” अमेरिकामा रहि नेपाली समाज र साहित्य सेवाको कदर गर्दै सरला श्रेष्ठलाई प्रदान गरिएको छ ।
यसको साथै युवा उद्यमी सैलाजा कसजुलाई नगद रू ११,१११ सहितको “सिद्धिश्वरमान विष्णु कुमार अग्रवाल उत्कृष्ट साना उद्यमी पुरस्कार” केन्द्रद्वारा प्रदान गरिएको छ ।
यसको साथै केन्द्रले नेपालभाषा साहित्यको मूथां (आधार स्तम्भ) सम्मानबाट स्व. मोतिलक्ष्मी उपासिका र नेपालको साहित्य क्षेत्रलाई सम्पन्न बनाउन सहयोग गर्नुभएका चार विशिष्ट महिला साहित्यकारहरू प्रकाश प्रधानांग, सत्यभामा माथेमा, नारायण देवी श्रेष्ठ र सुवर्ण केशरी चित्रकारलाई नेपाल भाषाको आमा खम्बा – मां थांको रूपमा सम्मान गरिएको छ ।
योबाहेक नेपाल भाषामा नै विषेश योगदानको लागि नेपाल भाषाको आँखीझ्याल – तिकीझ्याःको रूपमा प्रतिसरा सायमी, सुलोचना मानन्धर, भुषण प्रसाद श्रेष्ठ, तथा शशिकला मानन्धरलाई पनि सम्मान गरिएको छ । केन्द्रले यी बाहेक विभिन्न क्षेत्रमा उत्प्रेरणामुलक व्यक्तित्योहरूलाई पनि सम्मान गर्ने जमको गरेको छ । जसमा भद्र कुमारी घले, शेरचन, धनश्याम राजकर्णिकार, प्रा. डा. निराकार मान श्रेष्ठ, डा. अम्भु भवानी कार्की, राजाराम शैजु, स्व. पुस्करलाल श्रेष्ठ, अनिल महर्जन, कुमार रंजित र प्रा. डा. सुन्दर कृष्ण जोशीलाई साहित्य, संचार तथा शिक्षाको छेत्रमा विशिष्ट योगदानको लागि सम्मान गरिएको छ । यी व्यक्तित्वहरू बाहेक नेपाली साहित्य उत्थानमा विशेष योगदानको लागि गुन्जन तथा साहित्य सन्ध्या संस्थाहरूलाई पनि विषेश सम्मान गरिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।