पाल्पाली साहित्यकार एवं दुई दर्जन कृतिका लेखक पुष्कर अथक रेग्मी र साहित्यकार राजेन्द्र गोपाल सिंहलाई गुञ्जन नारी साहित्यिक संस्था काठमाडौंले सम्मान गरेको छ ।
गुञ्जनको रजत महोत्सव वर्षको अवसरमा आयोजित कार्यक्रममा नेपाली साहित्यको बिकास, संरक्षण , सम्बर्द्धन र प्रवर्द्धनका लाग पाल्पाबाट विभिन्न अभियानहरू संचनलन गरी साहित्य सेवामा समर्पित रहँदै आएका अथक र रेग्मीको जोडीलाई गुञ्जन साहित्य सम्मान २०७९ द्वारा सम्मानित गरिएको हो ।
समारोहमा गुञ्जनकी सदस्य डा . रजनी ढकालद्वारा सम्मानित व्यक्तित्वमाथि प्रकाश पारिएको थियोे । समारोहमा विभिन्न व्यक्तित्वहरूलाई प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्रा डा अभि सुवेदी , बिशिस्ट अतिथि साहित्यकार रमा शर्मा र अध्यक्ष जलेश्वरी श्रेष्ठले सम्मानित एवं पुरस्कृत गर्नुभयो । कार्यक्रममा गुञ्जनद्वारा प्रकाशित रजत जयन्ती स्मारिका विमोचन गरिएको थियो ।
रजत महोत्सव समारोहमा गुञ्जनले साहित्यकार गीता कार्की , भुवन ढुङाना, राधिका लिम्बू ,बिश्वमोहन श्रेष्ठ ,रेवती राज भण्डारी र लक्ष्मीराज भण्डारीलाई बिभिन्र पुरस्कारद्वारा सम्मानित गरेको छ ।
“श्रष्टादेखि श्रष्टासम्म सम्पर्कको निरन्तरता : सिर्जनामा जिवन्तता” भन्ने नाराका साथ बि स २०५४ सालमा स्थापित गुञ्जन नारी साहित्य संस्थाले नेपाली साहित्यको क्षेत्रमा साहित्यिक यात्रा , लेखन,वाचन तथा प्रकाशन, सम्मान तथा पुरस्कार समर्पण लगायतका साहित्यिक गतिविधिहरू संचालन गर्दै आएको छ ।
होटल हार्दिक बागबजार काठमाडौंमा आयोजित रजत महोत्सव समारोह गुञ्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठको अध्यक्षता , उपाध्यक्ष इल्या भट्टराईको स्वागत र सचिव सन्ध्या पहारीको संचालनमा सम्पन्न भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।