अभिनेत्री करिश्मा मानन्धरले पुस्तकालय स्थापना गर्ने बताएकी छिन् । पठन संस्कृतिलाई प्रवद्र्धन गर्ने उदेश्यले उनले पुस्तकालय स्थापना गर्न लागेकी हुन् ।
मानन्धरले आफ्नो बसोबास रहेको क्षेत्र गोदावरीमा पुस्तकालय बनाउने तयारी गरिरहेकी छिन् । उक्त पुस्तकालय ६–७ महिनाभित्र तयार भइसक्ने छ । उनले गोदावरीमा आफ्नो घर नजिकै एक रेस्टुराँ निमार्ण गरिरहेकी छिन । सोही रेस्टुराको एक कर्नरमा पुस्तकालय हुनेछ ।
सामाजिक सञ्जालका कारण पठान संस्कृतिको विनाश भएकाले गोदावारीको अलवा देशको विभिन्न भूभागमा पुस्तकालय बनाउने आफ्नो योजना रहेको करिश्माले बताएकी छिन् ।
आफूसँग केही पुस्तक भएको र अरुहरुले आफूसँग भएको पुस्तकहरु पुस्तकालयका लागि उपलब्ध गराइदिन समेत उनले समाजिक सञ्जाल फेसबुकमार्फत अनुरोध गरेकी छिन् ।
#अनलाइनखबर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला