पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले वि.सं २०७९ तथा २०८० सालको यात्री वाङ्मय पुरस्कार समर्पण गरेकाे छ । साहित्यकार एवम् अन्वेषक पूर्णप्रकाश नेपाल यात्रीको ९० औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा एक कार्ययक्रमको आयोजना गरी पुरस्कार समर्पण गरेको हो ।

कार्यक्रमका परमुख अतिथि पूर्वमन्त्री केशरबाहादुर विष्टले सो पुरस्कार साहित्यकार एवं कोशकार आरडी प्रभास चटौत तथा कवयित्री एवं समालोचक प्रा.डा. गार्गी शर्मालाई प्रदान गरेका हुन् ।

यात्रीले नेपाली वाङ्मयलाई पुर्याएको योगदानको सम्झना गर्दै पुरस्कार समर्पण गरिएको थियो ।

पुरस्कारको राशि ५० हजार रूपियाँ रहेको छ ।

सोही अवसरमा वि.सं २०७९ तथा २०८० को यात्री विद्या पदक श्रीराम नेपाल तथा गीता ढुङ्गानालाई प्रदान गरिएको छ ।

कार्यक्रम पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रका अध्यक्ष शैलेन्दु प्रकाश नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फोटोः शैलेन्दुप्रकाश नेपालको फेसबुकबाट