
भारतको नयाँ दिल्लीमा सक्रिय नेपाली संस्था ‘हाम्रो स्वाभिमान ट्रस्ट’ले चार प्रतिभालाई पुरस्कृत गर्ने भएको छ । संस्थाले भारतीय नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पुर्याउने चार प्रतिभालाई परस्कृत गर्ने घोषणा गरेको हो ।
सो घोषणा भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा गरिएको थियो ।
ट्रस्टको घोषणाअनुसार ‘राष्ट्रिय नेपाली साहित्य सम्मान’ धर्मराज थापा (नयाँ दिल्ली), ‘राष्ट्रिय नेपाली साहित्य पुरस्कार (पत्रकारिता)’ विष्णुबहादुर गुरुङ (नयाँ दिल्ली), ‘राष्ट्रिय नेपाली साहित्य पुरस्कार, पद्य’ उदय ठाकुर (देहरादून) तथा ‘राष्ट्रिय नेपाली साहित्य पुरस्कार (गद्य)’ राजु प्रधान (दार्जीलिङ) लाई प्रदान गरिनेछ ।
यी घोषणा गरिएका सम्मानहरू आगामि हरितालिका तीजका दिन एक कार्यक्रम आयोजना गरी समर्पण गरिने छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
