प्रा. अरुण गुप्तोको संस्कृति दर्शनसम्बन्धी पुस्तक ‘संस्कृति चिन्तन’ सार्वजनिक भएको छ। संस्कृति चिन्तक तथा अध्येता गुप्तोको नेपाली भाषामा प्रकाशित यो पहिलो पुस्तक हो।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच प्राध्यापकहरू अभि सुवेदी, सञ्जीव उप्रेती तथा समालोचक कुमारी लामाले पुस्तक सार्वजनिक गरेका हुन् ।
लेखक गुप्तोले पुस्तकबारे चर्चा गर्दै कलाको पाटोबाट संस्कृति चिन्तन गरेको बताए । संस्कृतिलाई लेखका रूपमा नभई निबन्धका रूपमा प्रस्तुत गर्नुको कारणबारे गुप्तोले भने, “कलाले प्रश्न गर्छ, समालोचना गर्छ, धम्की दिन्छ । कलाको बाटोबाट हिँड्दा यसबाट मुक्त हुन सकिन्छ । त्यसैले कलाको बाटो लिएर संस्कृतिबारे लेख्छु ।”
कार्यक्रममा पत्रकार दीपक सापकोटाले पुस्तकका विषयमा लेखक गुप्तो, प्राध्यापकद्वय सुवेदी र उप्रेती तथा समालोचक लामासँग संवाद गरेका थिए ।
पुस्तकलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।