दमक निवासी साहित्यकार धनकुटे कान्छा (शङ्कर चापागाईं) नगद ५०,००० हजार नगद राशिको पुरस्कारबाट सम्मानित भएका छन् । कोशी प्रदेश सरकारले प्रदान गर्ने उत्कृष्ट भाषा साहित्यसेवी पुरस्कार तथा सम्मानबाट चापागाईं सम्मानित भएका हुन ।

चापागाईँलाई प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले नगद रु. ५०,००० सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । प्रदेश सरकार मुख्यमन्त्रीको कार्यालय विराटनगरको सभाहलमा आयोजित एक कार्यक्रममा स्रष्टाहरूलाई सम्मान गरिएको थियो ।

साहित्यकार धनकुटे कान्छा ३ दशक अघिदेखि भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा क्रियाशील छन् । उनको लाशमाथि एउटा बच्चा (गजलसंग्रह, २०५८ ) अक्षरहरू आमा र देश (कवितासंग्रह, २०६० ), डायस्पारिक नोष्टाल्जिया ( गजलसंग्रह, २०६८ ) , इतिहास निफनेर (कवितासंग्रह, २०७४), दमक दर्पण (२०७५) लगायतका कृतिहरु प्रकाशित छन् ।