‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०२३’का लागि पुस्तक आव्हान गरिएको छ । पुरस्कारका लागि गैरआवासीय नेपाली लेखकहरूका वि.सं. २०७९ भित्र प्रकाशनमा आएका कृतिहरू आव्हान गरिएको हो ।
गैरआवासीय नेपाली सङ्घले नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय रूपमा जगेर्ना एवं प्रवर्धन गर्न तथा प्रवासमा रहेर नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील सर्जकहरूलाई उत्प्रेरणा दिँदै योगदानको कदर गर्न सन् २०२१ देखि प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि २ लाख रूपियाँ रहेको छ ।
गैरआवासीय नेपाली सङ्घको विधानले गैरआवासीय नेपाली भनेर परिभाषित गरेबमोजिम प्रवासमा रहेका नेपाली लेखकहरूद्वारा लिखित नेपाली वाङ्मयका कुनै पनि विधाका कृतिहरू यस पुरस्कारका लागि योग्य हुनेछन् ।
कृतिहरू यसै वर्षको अगस्त अन्तिमसम्ममा पुरस्कार व्यवस्थापन समितिमा उपलब्ध हुनेगरी पठाउने पर्ने छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
श्रावण १५, आईतवार ०८:५९
अन्तर्राष्ट्रिय पुरस्कारका लागि गैरआवासीय नेपाली लेखकहरूलाई कृति आह्वान
editor
जेष्ठ ४, मंगलवार १७:०७