लेखक शोभाराम ओलीद्वारा लिखित उपन्यास “सुलभ”ले एकैदिन एउटा अवार्ड र अर्को पुरस्कार प्राप्त गर्न सफल भएको छ ।
कतारमा स्थापित साहित्यिक संस्था नवोदित साहित्यिक वाचनालयले आफ्नो १५ औं अधिवेशन र २०९ औं भानु जयन्तीको अवसर पारेर दिइएको सातौं नवोदित कृति अवार्ड २०८० ओलीको सुलभले हात पारेको थियो भने सोही दिन ललित साहित्य परिषद् रोल्पाबाट सिमापारी सिमावारी पुरस्कार २०७९ पनि सुलभले नै प्राप्त गर्न सफल भएको हो।
रोजगारीको सिलसिलामा कतारलाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएका लेखक ओलीको सुलभ प्रकाशन भएको छोटो समयमै अवार्ड तथा पुरस्कार जित्न सफल भएको छ ।
संक्षिप्तमा सुलभ
दस वर्षे सशस्त्र युद्धको समयमा हतियारले गोली ओकेल्दा बिचमै मनले प्रेम ओकलेको प्रतिविम्ब ,गरिब दु:खी र सर्बहारा वर्गक भोका पेटहरुले निकालेको बुलन्द आवाज, चिहानहरुले गरेको नै उचालेको प्रतिरोधको आगो, मङ्गलसेनमा बारुद बिस्फोट हुँदा गुम्बाहरुमा बजेको शान्तिको ध्वनी , प्रेमसँग अपराजित कोरोना, रातो सागर छेउछाउको कथा हो सुलभ।
त्यस्तै पूर्वी नेपालको अरुण र तमोर नदिको सुसेलीहरु। लिखु नदिमा भेटिएका गोकुल पात्रको अवशेष। लाहानबाट निस्केको आगोको झिल्को सिन्धुलीको दमरसम्म फैलिएको दृश्य। अन्त्यमा चिहानमै विलीन भएको शान्तिको कथा हो सुलभ ।
सुलभ भित्र अटाएका धेरै कथाहरु साँच्चीकै कथा नभएर नेपालको एउटा कालखण्डको इतिहास नै बनेको छ। किनकि सुलभमा खास गरेर एउटा जन आन्दोलनको बिषयलाई मात्र समाबेश गरिएको छ कि जस्तो लाग्न सक्छ तर त्यसो नभएर सुलभमा निम्न वर्गीय परिवारमा जन्मिएको मान्छेले भोगेको संघर्षको कथा बेरोजगारीको चपेटामा परेर विदेशसम्म आएर त्यहाँ पाएको दु:ख कष्टहरुको कुरा लगायत धेरै त्यस्ता कथाहरू छन् जो कसैको मनमा पनि सुटुक्क गएर बास बस्ने छ ।
साथै सुलभका पात्रहरुले घाम, पानी, हावा, हुरी र ज्वालामुखीसँग जुझ्दै नेपालका धेरै ठाउँहरु नेपाल जस्तो घुम्नको लागि भौगोलिक हिसाबले अत्यन्तै कठिन हुने देशको करिब सबै जसो जिल्ला र गाउँ बस्तिहरुको कथा अटाएका छन जस अन्तर्गत पुर्बको रामेछाप, सिन्धुली, ओखलढुंगा, लाहान, सिराहा, सप्तरी, सिन्धुपाल्चोक, पश्चिमका केहि जिल्लाहरु र सुदुरपश्चिमको अधिकाङ्श जिल्लाहरुको प्राकृतिक तथ भौगोलिक अबस्थाको बर्णन पनि सुलभमा समाबेश गरिएको छ ।
लेखकले सुलभमा आकाशका जून, तारा, बादलहरु र धर्तीका खोलानाला, गाइ गोठ, हिमाल, पहाड, तराइ, मानव, पशुपंक्षी बिचको संवाद रोचक ढंगले प्रस्तुत गरेका छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।