प्रत्येक दुई वर्षमा प्रदान गरिने ‘अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार (डायस्पोरा)’ इजरायल निवासी सिन्धु पौडेलको “मृतसागरको उचाइबाट”ले प्राप्त गरेको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्झनामा अनेसासअन्तर्गत स्थापना गरेको यो पुरस्कार  “मृतसागरको उचाइबाट”का लागि सिन्धु पौडेलले प्राप्त गरेका हुन् ।

यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको छ ।

पुरस्कारको वितरण आगामी लक्ष्मी जयन्तीका अवसरमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने पुरस्कार घोषणाको क्रममा जनाइएको छ ।

कथा, कविता, मुक्तक र गीतमा कलम चलाउने पौडेल प्रवासमा बसेर साहित्यिक गतिविधि गर्ने महिलामध्ये अग्रस्थानमा हुनुहुन्छ । उहाँ विश्व नेपाली साहित्य महासंघ इजारयल शाखाको उपाध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ भने साहित्यिक चौतारी इजरायलकी सचिवका रूपमा पनि उहाँले कार्य सम्पादन गरिरहनुभएको छ ।

पौडेल साहित्यपोस्टको इजरायल संयोजक पनि हुन् ।