प्रत्येक दुई वर्षमा प्रदान गरिने ‘अनेसास श्याम कार्की तथा इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार’ निबन्धकार श्रीबाबु कार्कीको निबन्धसंग्रह ‘सन्दिग्ध शताब्दी’ले प्राप्त गरेको छ ।
श्याम कार्की तथा इन्दिरा कार्कीको नाममा अनेसासअन्तर्गत स्थापित यो पुरस्कार ‘सन्दिग्ध शताब्दी’का लागि निबन्धकार श्रीबाबु कार्कीले प्राप्त गरेका हुन् ।
यो पुरस्कारको राशि १ हजार अमेरिकी डलर रहेको छ ।
पुरस्कारको वितरण आगामी लक्ष्मी जयन्तीका अवसरमा विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने पुरस्कार घोषणाको क्रममा जनाइएको छ ।
पुरस्कृत कार्कीको निबन्धसङ्ग्रह साझा प्रकाशनले प्रकाशन गरेको हो ।
कार्की बालकथा, लघुकथा, कवितालगायत बहु-विधामा कलम चलाउँछन्।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला