रत्ननगर / वाल्मीकि साहित्य सदन रत्ननगर चितवनले २१०औं भानुजयन्तीका अवसरमा विशेष समारोहबीच साहित्य क्षेत्रमा समर्पित तीन कवि एवं साहित्यकारलाई ‘वाल्मीकि साहित्य सम्मान २०८०’ ले सम्मान गरेको छ ।

सम्मानित हुने साहित्यकारमा चितवनका चिरञ्जीवी दाहाल र लक्ष्मण अर्याल तथा नवलपरासी सुस्ता पूर्वकी कृष्णादेवी शर्मा छन् । कार्यक्रममा दर्जनभन्दा बढी कविले आ-आफ्ना रचना वाचन गरेका थिए । कविता वाचन गर्नेमा गणेश शर्मा पौडेल, प्रा. कपिल अज्ञात, धनराज गिरी, मुकुन्दराज पौडेल, श्यामजी अतिथि, सूर्य शर्मा, यमुना न्यौपाने, कमल अर्याल, लीला अधिकारी दाहाल, अशोक भुसाल, हरिप्रसाद गजुरेल, रामकृष्ण ढकाल, विष्णु पौडेललगायत थिए ।

रत्ननगर वाङ्मय परिषद् र वाल्मीकि साहित्य सदन रत्ननगरले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा प्रमुख अतिथि थिए । यस्तै पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, चितवन साहित्य परिषद्का केदारनाथ खनाल, भरतपुर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी, कृष्णसेन इच्छुक स्मृति प्रतिष्ठानका मोदनाथ मरहट्ठा, रामबाबु घिमिरे, विश्वनाथ खनाल राजेन्द्र मल्ललगायतको सहभागिता थियो ।