दोलखाका अग्रज कवि तथा विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका अध्यक्ष विष्णु सुवेदी पुरस्कृत भएका छन् । दोलखा संस्कृति प्रतिष्ठानले स्थापना गरिएको भानु–विद्यापति साहित्य पुरस्कार–२०८० बाट सुवेदी पुरस्कृत भएका हुन् । आदिकवि भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीको अवसरमा प्रतिष्ठानले आयोजना गरिएको सम्मान कार्यक्रममा नगद ११,१११।– नगदसहित सुवेदीलाई पुरस्कृत गरिएको हो ।
दोलखाको कला साहित्य र संस्कृतिको संरक्षण र प्रवद्र्धनको लागि भीमेश्वर नगरपालिकाले प्रतिष्ठान स्थापना गरिएको हो । २०७७ सालमा नगरपालिकाले ऐन, कानुन निर्माण गरि प्रतिष्ठान स्थापना गरिएको दोलखा संस्कृति प्रतिष्ठानका अध्यक्ष शंकरलाल श्रेष्ठले बताउनु भयो । गत वर्षदेखि यस प्रतिष्ठानले कला साहित्य क्षेत्रमा योगदान पुर्याउने एक जना साहित्यकारलाई पुरस्कृत गर्दै आएको छ । कला साहित्य क्षेत्रको विकासको लागि अझ थप टेवा पुगोस भनि प्रतिष्ठानले पुरस्कृत गर्दै आएको हो ।
भानुजयन्तीकै अवसरमा प्रतिष्ठानले दोलखा साहित्य यात्रा भाग ४ पनि प्रकाशन गरी आज विमोचन गरिएको छ । २०७७ सालदेखि भानु जयन्तीकै अवसरमा साहित्यको विभिन्न विधालाई समेटी पुस्तक प्रकाशन गर्दै आएको हो । कार्यक्रममा उपस्थित दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले पुस्तक विमोचन गरिएको हो । पुस्तकमा दोलखालगायत देशभरका साहित्यकारहरुको रचना समेटिएको छ ।
दोलखाबाट जीवन लामाको रिपोर्ट
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला