
साहित्यकार हरि गौतमको निबन्धसङ्ग्रह ‘कठैबरा काठमाडौं !’ प्रकाशनमा आएको छ । तीन सय ६८ पृष्ठमा रहेको उक्त निबन्धसङ्ग्रहमा ‘खण्ड क’ र ‘खण्ड ख’ गरी २ भाग रहेका छन् ।
गौतमको यस सङ्ग्रहमा राष्ट्रिय भावात्मक चैतन्यलाई राम्ररी प्रतिनिधित्व गरेको छ । ‘कठैबरा काठमाडौं !’मा १९ वटा खोजमूलक निबन्धहरू रहेको छ । निबन्धमा गौतमले वस्तुगत प्रबन्धदेखि इतिहास, दर्शन, संकृति हुँदै संस्मरणका विभिन्न शृङ्खला उनेर तयार बनाएका छन् ।
हरि गौतम ताप्लेजुङमा जन्मिएका हुन् । समाज विज्ञान र संस्कृतिका बारेमा विशेष अभिरुचि रख्ने राख्ने गौतमका यसभन्दा अघि झापा दिग्दर्शन (२०६७), पण्डित हर्राबोटे स्मृति ग्रन्थ (सम्पादन २०६९) नेपाली क्रान्ति र गणेशमानसिंह, लेखन (२०७६) अन्तराष्ट्रिय रेडियो आवाजमा नेपालको प्रजातान्त्रीक आन्दोलन (सम्पादन २०७६), जनजागृति र निरमान नेवा (सम्पादन २०७६), कठैबरा काठमाडौं (लेखन २०८०) र ताप्लेजुङ विमर्श (२०८०) प्रकाशित रहेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

