साहित्यकार कृष्ण धरावासीको निबन्धसङ्ग्रह ‘अक्षरको आकाश’ प्रकाशित भएको छ । धरावासीको तिसौँ कृतिका रूपमा निबन्धसङ्ग्रह ‘अक्षरको आकाश’ प्रकाशित भएको हो ।
‘राधा’ उपन्यासका लागि ०६२ सालको मदन पुरस्कार प्राप्त गर्न सफल साहित्यकार धरावासीको यो पाँचौँ निबन्धसङ्ग्रह हो । उनको पहिलो निबन्धसङ्ग्रह “बालक हराएको सूचना” ०४८ मा प्रकाशित भएको थियो । त्यसपछि उनका “नारीभित्र त्यस्तो के छ हजुर ?” (२०५३), “उत्तमजङ्ग सिजापतीको आलु” (२०५५) र “आँधी नआउने घर” (२०६७) प्रकाशित भएका थिए ।
“नारीभित्र त्यस्तो के छ हजुर ?” ले उत्तम शान्ति पुरस्कार प्राप्त गरेको थियो ।
२०४८ सालमा पहिलो कृति ‘बालक हराएको सूचना’ प्रकाशन गरी उनी कृतिगत रूपमा नेपाली साहित्यिक यात्रामा प्रवेश गरेका भए पनि ‘नारीभित्र त्यस्तो के छ हजुर ?’ शीर्षकको निबन्ध रेडियो नेपालको साहित्य संसार कार्यक्रममा पटकपटक प्रसारण भएपछि अत्यन्त चर्चित भएको थियो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।