
पोखरा, असार २६ / पाँच दशकसम्म गीत– संगीतमा निरन्तर साधनारत रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानमा सशक्त योगदान गरेका अम्बर गरुङको सम्मानार्थ पोखरेली युवा सांस्कृतिक परिवारले स्थापना गरेको “अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार” पुरस्कार अक्षयकोष वृद्धिका लागि बेल्जियमबाट रु ८८ हजार २ सय ७८ सहयोग प्राप्त भएको छ । बेल्जियम निवासी मीन गुरुङको संयोजकत्वमा बेल्जियम नेपाली समाजले उक्त रकम पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य सङ्गीतकार, गीतकार तथा गायक विक्रम गुरुङलाई हस्तान्तरण गरे । पोयुसाँपका सदस्य समेत रहेका मिन गुरुङको पहलमा बेल्जियम निवासी ओमराज गुरूङ,अनिता घले, अस्मिता घले , मन्दरा गुरूङ, बबिता गुरूङ, नन्दराज घले दुर्गा गुरूङ, चन्द्रा गुरूङ, उमा गुरूङ , ज्योती गुरूङ, अर्जुन शाही, भगवान गुरूङ,, राम गुरूङ, कमल गुरूङ, चन्द्रकुमार गुरूङ, पुष्पा गुरुङ, धनकाशी गुरूङ, अमृता, पुना कटवाल, कविता साउदेन, बलराम पुन, गडुलध्वज गुरूङ, भरत तामाङ, अमर राना, देवी गर्वुजा पुन, मिन पुन, शान्ती पुन लगायतले सहयोग गरेका थिए ।
देश विदेशमा रहेर नेपाली गीत,संगीत,गायन र वाद्यवादनमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा प्रदान गर्नका लागि “अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार” स्थापना भई सञ्चालनमा आएको छ । नेपाली संगीत क्षेत्रमा सबैभन्दा ठूलो धनराशिको ‘अम्बर गुरुङ संगीत पुरस्कार संस्थाद्धारा पहिलो पटक नेपाली गीतलेखनको क्षेत्रमा छ दशक भन्दा बढी समय देखि अनवरत रुपले साधनारत् गीतकार किरण खरेललाई प्रदान गरिएको छ ।
करिब ५ वर्षअघि भेटरान ग्रुप हङकङले गायक तथा संगीतकार विक्रम गुरुङको “मेरो संगीत यात्रा” कार्यक्रम आयोजना गरेको थियो । हङकङमा आयोजित उक्त कार्यक्रमबाट वचत भएको रकम रू ५ लाख अम्बर गुरुङको नाममा पुरस्कार स्थापना गर्न यस परिवारलाई हस्तान्तरण गरिएको थियो । तिन बर्ष अघि पोखरेली मञ्च युकेले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्तको “सिर्जनाको घेराभित्र सरुभक्त” नामक कार्यक्रम अयोजना गरेको थियो । उक्त कार्यक्रमबाट वचत भएको रकम रू २ लाख पचास हजार पनि सोही कोशमा थपिएको थियो । उक्त कोष बृद्धिका लागि नेपथ्यले १ लाख, नेपालयले एक लाख, पलेटीले रु १ लाख र सङ्गीतकार,गीतकार तथा गायक विक्रम गुरुङले ब्यक्तिगत तर्फबाट पनि रु १ लाख, नमस्ते ब्याण्डले रु ७७ हजार सहयोग गरिसकेकाछन् । हालसम्म उक्त कोषमा करिब १९ लाख जम्मा भईसकेको छ । २५ लाख पु्यायने लक्ष लिएको उक्त कोषमा अझै पनि विभिन्न व्यक्ति र संघ संस्थाबाट सहयोग आउने क्रम जारीरहेको संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति एवम् पुरस्कार स्थापना समितिका संयोजक सरूभक्तले बताउनुभयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

दुई लाख राशिको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ किरण खरेललाई

अम्बर गुरूङ संगीत पुरस्कारको अक्षयकोषमा नमस्ते ब्यान्डको ७७ हजार
