यस वर्षको ‘चिसाप खेमलाल साहित्य पुरस्कार’ आख्यानकार अष्टदेव खनाललाई प्रदान गरिने भएको छ । परिषद्को कार्यसमिति बैठकले खनालको उपन्यास ‘अन्तश्चेतना’लाई उक्त पुरस्कार प्रदान गर्ने निणय गरेको हो ।

यसैगरी, परिषद्ले स्थापनाकालदेखि प्रदान गर्दै आएको ‘चिसाप प्रतिभा पुरस्कार’ कवि सुरेन्द्र अस्तफललाई प्रदान गर्ने निणय गरेको छ ।

साहित्यकार जीवा लामिछानेले बुबा खेमलाल लामिछानेको स्मृतिमा स्थापना गर्नुभएको ‘चिसाप खेमलाल साहित्य पुरस्कार’को रु. ५० हजार ४५ रुपैयाँ र ‘चिसाप प्रतिभा पुरस्कार’ रु. १५ हजार ४५ रुपैयाँ राशि रहेको परिषद्ले जनाएको छ ।

उक्त पुरस्कारहरू आदिकवि भानुभक्त आचार्यको २१० औं जन्म जयन्तीका अवसरमा आगामी असार ३० गते विशेष साहित्यिक कार्यक्रमको आयोजना गरी प्रदान गरिनेछ ।