विवेकीको कवितासङ्ग्रह ’चस्मा’ सार्वजनिक गरिएको छ । कवि विवेकीको जन्मदिनका अवसरमा पुस्तक सार्वजनिक गरिएको हो ।
साहित्य परिषद्को सभाहलमा आयोजित एक कार्यक्रममा कवि गोविन्दराज विनोदी, डिआर पोखरेल, इन्द्र रेग्मी, उदय अधिकारी र भूपिनले कृति सार्वजनिक गर्नुभएको हो ।
राज्य र समाजले किनारा लगाएकाहरूको पीडा, संवेदना, राजनीतिक विसङ्गति, विकृतिलगायतका प्रसङ्गलाई कविले कवितामार्फत् उतारेको वक्ताहरूले बताउनुभयो । पुस्तकका सन्दर्भमा डिआर पोखरेल, उदय अधिकारी र भूपिनले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गोविन्दराज विनोदीले विवेकीले चस्मा कवितासङ्ग्रहमार्फत् आफू बाँचेको समाज र जीवनको सङ्घर्षशील समयलाई सुरुचिपूर्ण शैलीमा उतारेको बताउनुभयो ।
कार्यक्रममा कवि विवेकीले केही कविता पनि वाचन गर्नुभएको थियो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला