‘महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७९’ पाँच स्रष्टाहरूलाई प्रदान गरिने भएको छ । मन्त्री स्तरीय निर्णयबाट आर्थिक वर्ष २०७९।८० का लागि सो पुरस्कार पाँच स्रष्टाहरूलाई प्रदान गर्ने घोषणा गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै पुरस्कार प्रदान गरिने स्रष्टाहरूको नाम सार्वजनिक गरेको छ । विज्ञप्तिअनुसार काव्यतर्फ झापाकी भवानी क्षेत्री, निबन्ध/समालोचनातर्फ काठमाडौंका पुरुषोत्तम सुवेदी, आख्यान/नाटकतर्फ काठमाडौंका कुमार भट्टराई (शार्दूल भट्टराई), बालसाहित्य/लोकसाहित्यतर्फ चितवनका किसान बिक (किसानप्रेमी) र भाषा साहित्यतर्फ जनकपुरका अरविन्दकुमार लाल (रोशन जनकपुरी) पुरस्कृत हुने भएका छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला