काठमाडौं / नेपाल स्रष्टा समाजले एक समारोहका बीच योगमायाको नाममा स्थापित दुई सम्मान समर्पण गरेको छ ।
शुक्रबार काठमाडौंमा आयोतिज कार्यक्रममा ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान—२०८०’ अन्वेषक चन्द्रबहादुर बस्नेतलाई र ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान—२०८०’ जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीलाई समर्पण गरियो ।
उक्त सम्मानका साथ नगद राशि क्रमशः ३५ हजार र २५ हजार १११ रुपैयाँको थैलीसमेत प्रदान गरियो । कार्यक्रममा समाजको मुखपत्र ‘स्रष्टा दर्पण’को योगमाया विशेषाङ्क पनि सार्वजनिक गरियो ।
प्रमुख अतिथि कवि तुलसी दिवसले स्रष्टाहरूलाई सम्मानित गर्दै समाजको योगमायाप्रतिको चासो र कार्य प्रशंसनीय रहेको बताउनुभयो । उहाँले योगमायाका बारेमा अझै थप अनुसन्धान र खोजी हुनुपर्नेमा जोड दिनुभयो ।
मन्तव्यका क्रममा सम्मानित स्रष्टाहरूले प्राप्त सम्मानले आफूहरूमा ऊर्जा थपिएको बताउनुभयो । सो अवसरमा योगमाया न्यौपानेको संघर्ष र योगदानको चर्चा गरियो ।
कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्की, पवन आलोक, राजेश न्यौपाने, श्रीओम श्रेष्ठ रोदन, मधु पाठकलगायतले आफ्ना धारणा राख्नुभएको थियो ।
योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान साहित्यकार पवन आलोकले स्थापना गर्नुभएको हो । यस्तै योगमाया न्यौपाने अभियन्ता सम्मान राजेश न्यौपानेले स्थापना गर्नुभएको हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला