नेपाल सरकारको संस्कृति प्रवर्धन कार्यक्रमअन्तर्गतको  ‘योगमाया राष्ट्रिय पुरस्कार २०७९’ साहित्यकार पवन आलोक कँडेललाई प्रदान गरिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सो पुरस्कार आलोकलाई प्रदान गर्ने जनाएको हो ।

वि.सं २०११ वैशाख २० गते कुलुङ भोजपुरमा जन्मेका साहित्यकार आलोक वि.सं २०२७ सालमा कविता प्रकाशन गरी साहित्य कर्मका निरन्तर सक्रिय छन् । उनका केही कविता (कवितासङग्रह) २०६०, युरोपको झझल्को (नियात्रासङ्ग्रह) २०६७, द प्वाइजन ट्री (अङ्ग्रेजीमा अनुवाद गरिएका कविताहरुको सङ्ग्रह) बाङ्लादेशबाट प्रकाशित,  अरुण एक्सप्रेस (यात्रा उपन्यास) २०७३, केही सम्झना : केही सिर्जना (लेख/निबन्ध सङ्ग्रह) २०७३ लगायत कृतिहरु प्रकाशित छन् ।