नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने संस्कृति प्रवर्द्धनमा भूमिका खेल्नेहरूमध्ये दुई जनालाई प्रदान गरिने गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७९ घोषणा गरिएको छ ।

काव्य विधातर्फ इलामका हाङयुग सुब्बा थाम्सुहाङ (हाङयुग अज्ञात) र नाटक विधातर्फ मोरङ, हरैँचाका युवराज घिमिरेलाई प्रदान पुरस्कार प्रदान गरिने भएको छ ।

पुरस्कार आउँदो बुधबार प्रदान गरिने बताइएको छ ।

संस्कृति तथा पर्यटन मन्त्रालयले बुधवार दुई जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रवक्ता राजेन्द्र कुमार केसीले बताए ।

सरकारले २०७५ सालमा रिमालको नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।