झापाका साहित्यकार विजय खरेलको अमेरिकाको टेक्सासस्थित मेमोरियल हर्मन अस्पतालमा निधन भएको छ । केही समयअघि गम्भीर बिमारी भइ अस्पतालमा भर्ना गरिएका खरेलको २ जुलाई २०२३ का दिन निधन भएको हो ।
वि.स. २००३ सालमा झापामा जन्मेका खरेलको साहित्य लेखन प्रकाशन यात्रा वि.स. २०६४ सालदेखि सुरु भएको थियो ।
विजयका निबन्धहरू(निबन्धहरू) २०६४, क्षितिजवारि क्षितिजपारि (काव्य) २०६५, बाटुली (पत्र काव्य) २०६६, इन्द्रकिल पहाडसँग (कवितासङ्ग्रह) २०६८, छोपिएका ताराहरू (जीवनीहरू) २०६९, विजयका कविता (कविता सङ्ग्रह)२०६९, सम्झनाका तरेली (निबन्ध) २०७३, रामसाइँलीहरू (कथा र नाटक) २०७४, अल्पिल्टा स्वरहरू(निबन्ध) २०७८, युगारम्भ (उपन्यास) २०७८, कपना र मुनाहरू(समीक्षा) २०७८, नेपाली झर्रा शब्दसङ्ग्रह (२०७९) लगायतका कृतिहरू प्रकाशित छन् ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
असार २९, बुधबार २२:१५