साहित्य क्षेत्रमा पुरस्कार प्रदान गर्दै आएको संस्था गुञ्जनले विभिन्न पुरस्कार र सम्मान घोषणा गरेको छ । साढे दुई दशकअगाडि स्थापना भएको गुञ्जनले २०७९ सालका लागि प्रदान गरिने पुरस्कार तथा सम्मानको घोषणा गरेको हो ।
संस्थाले ‘गुञ्जन प्रतिभा पुरस्कार’ कवि गीता कार्कीलाई, “गुञ्जन त्रिवेणी आख्यान पुरस्कार” वरिष्ठ कथाकार भुवन ढुंगानालाई तथा “गुञ्जन मातृभाषा सम्मान” राधिका लिम्बूलाई दिने निर्णय गरेको छ । त्यस्तै, “गुञ्जन साहित्य पुरस्कार” कवि विश्वविमोहन श्रेष्ठलाई, “गुञ्जन जेष्ठ नागरिक सम्मान” कथाकार रेवती राजभण्डारीलाई र “गुञ्जन रजत जयन्ती सम्मान” कवि लक्ष्मी राजभण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त निर्णय गुन्जनकी अध्यक्ष कथाकार जलेश्वरी श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला