नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ प्राध्यापक घनश्याम कँडेललाई प्रदान गर्ने घोषणा गरेको छ ।
परिषद्का अध्यक्ष रमा शर्माको सभापतित्वमा बसेको प्रबन्ध समितिको बैठकले प्रा. कँडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
‘आदिकवि भानुभक्त पुरस्कार’को राशि एक लाख २५ हजार रुपियाँ रहेको छ ।
पुरस्कार असार २९ गते ११०औँ भानु जयन्ती समारोहमा समर्पण गरिने छ ।
त्यस्तै, बैठकले यस वर्षको ‘गोपाल पाँडे असीम पुरस्कार’ शैलेन्दुप्रकाश नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । यो पुरस्कार साउन ३२ गते परिषद्को ७३ औँ वार्षिकोत्सव समारोहमा समर्पण गरिने छ ।
पुरस्कारको राशि ५० हजार रुपियाँ रहेको छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट असार १६, शनिबार १८:१७
शैलेन्दुप्रकाश नेपाललाई गोपाल पाँडे असिम पुरस्कार, भानु पुरस्कार प्रा. घनश्याम कँडेललाइ
साहित्यपोस्ट असार १५, बुधबार २२:२४