सामाजिक सञ्जाल फेसबुकको भित्तो प्रयोग गरेर नेपालभाषाका लघुकथाको प्रसार तथा विकास र विस्तार गरिने भएको छ । यस कार्यको लागि स्रष्टाहरु ध्रुव मधिकर्मी , केदार सितु, विमल ताम्राकार, नरेश अमात्य, सुरेन्द्रलाल भुजू , दिव्या बज्राचार्य, किशोर धुसः र रीता महर्जन रहेको एउटा तदर्थ समूह बनाइएको छ । समूहले नेपालभाषा लघुकथा साहित्य नामबाट फेसबुकमा लघुकथा सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गर्नेछ ।

समूहका संयोजक एवं लघुकथाकार नरेश अमात्यले फेसबुकको नेपालभाषा चिबाखं साहित्य नामक उक्त भित्तोमा यही असार १८ गते दिलाथ्व पुन्हिदेखि लघुकथा र यस सम्बन्धी विषय समावेश गरिने जानकारी दिएका छन् ।

समूहका अर्का सदस्य सुरेन्द्रलाल भुजूले लघुकथाको विकासको लागि अहिलेलाई पोष्ट गरिएका लघुकथाहरुको अभिलेख राख्ने र पाक्षिक अथवा मासिक रुपमा त्यसको समीक्षा प्रस्तुत गरिने बताए ।

कलासंयोजक दिव्या बज्राचार्यले बदी भन्दा बढी सहभागिताको लागि स्रष्टाहरुलाई व्यक्तिगत तथा सामूहिक रुपमा लघुकथा पोष्ट गराउन अभियान चलाइने जानकारी दिइन् ।