
नूर–गंगा प्रतिभा पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएको सम्मान तथा पुरस्कार सर्जकहरूलाई समर्पण गरेको छ ।
प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमाले ५०/५० हजार नगद राशिसहितको ‘नूर–गंगा राष्ट्रिय बालसाहित्य पुरस्कार–२०७८’ साहित्यकारहरू डा. गेहेन्द्रमान उदास पोखरेली (पोखरा) र कन्हैया नासननी (काठमाडौं)लाई संयुक्तरूपमा प्रदान गरियो ।
यस्तै ‘नूर–गंगा क्षेत्रीय लोकगायन प्रतिभा पुरस्कार–२०७८’ पाल्पाका लोकगायक पुष्कल शर्मालाई ३० हजार नगद राशिसहित हस्तान्तरण गरियो भने ‘नूर–गंगा राष्ट्रिय लोकगायन प्रतिभा पुरस्कार–२०७८’ २५ हजार नगद राशिसहित रामेछापका रामकुमार नेपालीलाई प्रदान गरियो ।
यसैगरी २० हजार नगदसहितको ‘नूर–गंगा क्षेत्रीय नवप्रतिभा साहित्य पुरस्कार–२०७८’ नवलपरासीकी आयुष्मा तिवारीलाई प्रदान गरियो ।
समारोहमा गुठीमा सक्रिय रही सेवा गर्ने व्यक्तित्वहरू बाबुहरि ज्ञवाली, प्रा.डा. तुलसीप्रसाद पाठक, प्रा.डा. विनोदकुमार श्रेष्ठ तथा यज्ञप्रसाद शर्मा पोखरेललाई समेत सम्मानित गरिएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

