
साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई गजलकार तथा कवि भरत पौडेलकृत दोस्रो गजलसङ्ग्रह “याद” प्राप्त भएकाे छ ।
यसमा ९३ थान गजल सङ्ग्रहित छन् । ‘याद’ले प्रेम फुलाउँछ । जिन्दगीको यथार्थ झल्काउँछ । पुस्तकभित्र कतै आश त कतै निराश । यसरी ‘याद’ले याद जन्माउँछ ।
पुस्तकको पछिल्लो कभर पृष्ठमा लेखिएको छ,
प्रयास सधैँ खास हुन्छ, अल्छी जिउँदो लास हुन्छ
…
उही पुग्छ मूलसम्म, जसको आँतमा प्यास हुन्छ
एकैछिनको पूर्णिमाले चन्द्रमाको दाग खुल्छ
नगर माग मिलनको, सामु हुँदा राज खुल्छ
…
फूलबाट काँडाहरू अलग पार्न जानेदेखि
जीवन कति सरल लाग्छ, मैले हार्न जानेदेखि
…
त्यहाँ आउने-जाने आदत धेरैको छ
सायद त्यो घरमा लागत धेरैको छ ।
पेज टर्नरबाट प्रकाशित ९४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय २५ रुपियाँ रहेको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
