विश्व नेपाली साहित्य महासङ्घ भक्तपुर जिल्ला शाखाले सम्मान र सिर्जना वाचन कार्यक्रम गरेको छ । कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा नयाँ ठिमीको कमेरोटारमा जेष्ठ नागरिक सम्मान र सिर्जना वाचनको कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कवि तुलसी दिवसले श्रष्टाले देखेको कुरा निडर भै सिर्जनाद्वारा व्यक्त गर्न डराइन नहुने मत राख्नुभयो । उक्त अवसरमा उहाँले ‘जिन्दगी लुगा भए किलामा झुन्ड्याइदिन्थेँ…’ कविता सुनाएर स्रोतालाइ मन्त्रमुग्द बनाउनुभयो । त्यस्तै, कवि शैलेन्द्र साकारले नेपाल प्रज्ञा प्रतिष्ठानको मनोमानी क्रियाकलापप्रति असन्तुष्टि जाहेर गर्दै कविता वाचन गर्नुभयो ।
विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय उपाध्यक्ष विजय हितान (ब्रिटेन) ले भक्तपुर जिल्ला शाखालाई शुभकामना दिँदै कविता वाचन गर्नुभयो ।
अध्यक्ष रेणु घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा नेपाल शाखाका सल्लाहकार मणिराज सिंह, राइटर्स इन्टरनेसनका साउथ एशिया च्याप्टरका राजेन्द्र गुरागाई र विनेसाम बागमती प्रदेश शाखाका अध्यक्ष तोयानाथ सुवेदीले पनि कविता वाचन गर्नुभयो ।
कार्यक्रममा जेष्ठ नागरिक ९३ वर्षीय वयोवृद्ध डण्डीकेशर घिमिरेलाई प्रमुख अतिथि दिवस, विशिष्ट अतिथिहरू साकार र मणिराज सिंहद्वारा सम्मान अर्पण गरियो ।
सचिव संगीता ठाकुरले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा कवि रविन्द्र आशिष् शैली, अभय श्रेष्ठ, राजबाबु श्रेष्ठ सागर, भान्सा सुधार अभियन्ता कविता दाहाल, बुद्धिमान महर्जन, राधिका गुरागाई, भुवन शिवाकोटी चौघरे, अम्बिका खड्का, दुर्गा बराल ग्वाल्टारे, प्रमोद भण्डारी, नारायण नेपाल, रूद्र अधिकारीलगायतले कविता वाचनद्वारा दर्शकहरूलाई मन्त्रमुग्घ पार्नुभयो ।
माजसेवी भोला पोखरेलको सक्रिय सहयोग रहेको उक्त कार्यक्रममा ज्ञानेन्द्र भट्टराई, सीता ढुङ्गेल, विजय लक्ष्मी श्रेष्ठ , बन्दिता दाहाल, इन्दिरा पोखरेल, शकुन्तला घिमिरे, कुमार निरौला, सुनिता बराल, इन्दिरा मैनाली, मीना कार्की, सबिता श्रेष्ठ , बबिता झा, पार्वती दहाललगायत स्थानीय कमेरोटारवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सविता गजुरेलले गर्नुभएको कार्यक्रमको अन्त्यमा विश्व नेपाली साहित्य महासङ्घ भक्तपुर जिल्लाका सभापति रेणु घिमिरेले कविता वाचनसहित सम्पूर्ण उपस्थितिमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गर्नुभयो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ पुष २०८२, सोमबार 










