शीत काव्य समाज नेपालले तेस्रो वार्षिक उत्सव पाल्पा र काठमाडौंमा भव्यताको साथ मनाएको छ। यसै कार्यक्रममा शीत काव्य समाज नेपालले प्रदान गर्ने शीत कर्ण पुरस्कारद्वारा पाल्पाली साहित्यकार तथा शीत अभियन्ता नारायण कोइरालालाई पुरस्कृत गरिएको छ ।
प्रथम शीत ईश्वर कृष्णबहादुर केसीले आफ्ना बुबा कर्णबहादुर केसीको स्मृतिमा स्थापना गरेको शीत कर्ण पुरस्कार यसअघि शीत साधक देवेन्द्रराज शाक्य, इन्दिरा ज्ञवाली र शारदा ढकाल पुरस्कृत भैसक्नु भएको छ।
यसको राशि पाँच हजार नगद, सम्मान पत्र र दोसल्ला रहेको छ।
२०३४ साल कार्तिक ८ गते पाल्पा जिल्ला त.न.पा. ७ लामडाँडामा हरिकला कोइराला र भुवनप्रसाद कोइरालाका सुपुत्र हुनुहुन्छ। सामान्य किसान परिवारमा पाँच दिदीबहिनी र पाँचै दाजुभाइ मध्येका साँहिला छोरा कोइरालाले उच्च अध्ययनलाई बीचमै छोडेर भारत हुँदै खाडी मुलुक युएई पुगे पनि साहित्य साधना कहिल्यै छाड्नु भएन ।
नाटक, कविता हुँदै पछिल्लो समयमा कथा, लघुकथा विधामा पनि दखल राख्नुहुने कोइरालाका दुई कृति प्रकाशित छन्। कालो पर्दा नाटक २०५५ र मरूभूमिमा विस्फोट लघुकथा संग्रह २०७८ उहाँका प्रकाशित कृति हुन्।
पाल्पाली साहित्यकार पुष्कर अथक रेग्मीले शीतको परिकल्पना गरेदेखि निरन्तर रूपमा शीतको व्यापकीकरण गर्न विशेष योगदान गर्दै आएका शीत काव्य समाज नेपालका केन्द्रीय उपाध्यक्ष कोइरालालाई शीत काव्य समाज नेपालले तेस्रो वार्षिक उत्सवको अवसरमा उहाँको काव्य साधना र संप्रेषणको मूल्यांकन गर्दै शीत काव्य समाज वाग्मती प्रदेशले काठमाडौंमा आयोजना गरेको तेस्रो वार्षिक दिवस समारोहमा शीत कर्ण पुरस्कारद्वारा सम्मानित गरेको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।