
प्युठानस्थित जनता माध्यमिक विद्यालयमा आगामी मङ्सिरको दोस्रो सातामा नेपाल बालसाहित्य समाजको २८ औं वार्षिक सम्मेलन आयोजना गर्न स्थानीय सरोकारवाला संस्थाहरू सहमत भएका छन् ।
नेपाल बालसाहित्य समाजका महासचिव विजयराज आचार्यको उपस्थितिमा आज प्युठानमा भएको सरोकारवाला संस्थाहरूको बैठकमा सो सहमति भएको हो ।
बैठकले साहित्य परिषद् प्युठान, राप्ती साहित्य परिषद् प्युठान शाखा, प्युठान नगरपालिका, मल्लरानी गाउँपालिका, जनता मावि
वाग्दुला, उद्योग वाणिज्य सङ्घ प्युठान, नेपाल पत्रकार महासङ्घ प्युठान शाखा, कालिका विकास केन्द्र र नेवा: खल प्युठान स्थानीय आयोजक रहने निर्णय पनि गरेको छ ।
बैठकमा साहित्य परिषद् प्युठानका निवर्तमान अध्यक्ष गेहराज थापा, राप्ती साहित्य परिषद् प्युठानका अध्यक्ष विमला खनाल, जनता माध्यमिक विद्यालय-वाग्दुलाका सहायक प्रधानाध्यापक केशवराज पण्डित, उद्योग बाणिज्य सङ्घ प्युठानका महासचिव सन्देश आचार्य, नेपाल पत्रकार महासङ्घ प्युठान शाखाका अध्यक्ष सञ्जय रिजाल, जेष्ठ नागरिक जिल्ला सङ्घ प्युठानका अध्यक्ष गेहराज शर्मा र कालिका विकास केन्द्रका कार्यक्रम संयोजक सरोज श्रेष्ठको समुपस्थिति थियो ।
बैठकले नेपाल बालसाहित्य समाजको २८ औं सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक व्यवस्थापनका लागि राप्ती साहित्य परिषद् प्युठानका उपाध्यक्ष विमला खनालको संयोजकत्वमा सबै संस्थाका एक/एक प्रतिनिधि रहने गरी स्थानीय स्तरको मूल आयोजक समिति पनि गठन गर्यो ।
बैठकले नेपाल पत्रकार महासङ्घ प्युठान शाखाका अध्यक्ष सञ्जय रिजालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, उद्योग वाणिज्य सङ्घ प्युठानका महासचिव सन्देश आचार्यको संयोजकत्वमा आर्थिक उपसमिति र जनता माविका प्रधानाध्यापक इन्द्रमणि पोखरेलको संयोजकत्वमा व्यवस्थापन उपसमिति पनि गठन गरेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
